९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

डा. अमरेशकुमार सिंह रास्वपामा लाग्ने

source NNB २०८२ माघ २ गते , शुक्रबार
0
Shares
97
Views
डा. अमरेशकुमार सिंह रास्वपामा लाग्ने

अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्। उनी यही माघ ५ गते जनकपुरमा रास्वपाले आयोजना गर्ने कार्यक्रममा पार्टी प्रवेश गर्न लागेको फेसबुकमार्फत् जानकारी दिएका छन्।

सर्लाही–४ बाट स्वतन्त्र सांसद जितेका सिंह त्यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। कांग्रेसले चुनावमा टिकट नदिएपछि स्वतन्त्र उठेर जितेका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नियमित छलफलमा थिए।

‘यही माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरूआत गर्दैछु,’ उनले लेखेका छन्। 

देश र मधेसमा रहेको भ्रष्टाचार कुशासनविरूद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुने उनले बताएका छन्।

‘म लगायत देश र मधेसको हित चाहने मधेसमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत् जोडिन आह्वान गर्छु,’ उनले भनेका छन्।

माघ ५ गते रास्वपाले जनकपुरमा सभा राखेको छ। काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन शाह पनि पहिलोपटक राजनीतिक कार्यक्रममा सरिक हुँदैछन्। उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू सहभागी हुने रास्वपाले बताएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज