Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
उर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा
काठमाडाैँ । उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । बुधबार घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाए । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् ।
गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो । उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको थियो । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो ।