Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
सरकार र डा. निकोलस भुसालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो
काठमाडौँ । सरकार र अनशनरत डा. निकोलस भुसालबीचको वार्ता विफल भएको छ ।बिहीबार भुसालसँगै हरिश विष्टको अनशन तोडाउन सरकारले गरेको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । शुक्रबार फेरि वार्ता हुने बताइएको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् ।
माइतीघरमा अनशन बस्दै आएका दुवैको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बुधबार बेलुकी अस्पताल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले डा. भुसालसँग भेट गरेका थिए ।