९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

source NNB २०८२ पुस १६ गते , बुधबार
0
Shares
123
Views
तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छन् ।

राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्‍याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोग लगायतप्रति आभार समेत व्यक्त गरिन् ।

उनले भनिन्, ‘मूलतः सुशानको जग बसाल्ने र २१ फागुनमा निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरूसँग निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौं । यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरूप्रति हामी आभारी छौँ ।’

उनले अगाडि भनिन्, ‘नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए । यस अवधिमा अन्तरिम सहित ५ पटक संविधान नयाँ बने । तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन । किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन । पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन । हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन । परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो ।’

प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताइन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज