Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
रास्वपा र कुलमान सहमति नजिक, सहमतिको ड्राफ्ट तयार हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ एकता गर्न सहमति नजिक पुगेका छन् । स्रोतका अनुसार सहमतिको ड्राफ्ट तयार हुँदैछ ।
वार्ता रास्वपाका नेता असिम शाहको कमलपोखरीको कार्यालयमै भइरहेको छ ।
काठमाडौँ महानगरका मेयर बालेन शाहको उपस्थितिमा रास्वपा र कुलमानबिच हस्ताक्षर हुने तयारी छ ।