Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
मिराज ढुंगाना समूहद्वारा प्रदर्शन, चुनाव बहिष्कार गर्ने
काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शनसहित नाराबाजी गरेको छ ।
सोमबार आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको माग गर्दै आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मिराज समूहका जितेन्द्र प्रताप सिंह, अर्जुन मल्ल, विजय शाह लगायतले नाराबाजी गरेका हुन् ।
जेनजीको माग पूरा नभए निर्वाचन हुन नदिने उनीहरुले बताएका छन् । यद्यपि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।