Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ ।
केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी रहेको बयान सकेपछि आयोगले ओली र लेखकलाई बयानका लागि पत्र पठाउनेछ । आयोगले कम्तीमा पनि एक साताको समय दिने गरी पत्र पठाउने तयारी गरेको हो ।
आयोगले अहिले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान गरिरहेको छ भने अहिलेका आईजीपी एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही भाग बाँकी छ । एक/दुई दिनमा बयान सकेपछि आयोगले पत्रको तयारी गर्नेछ ।
‘बाँकी रहेका केही बयान सकेपछि हामीले तत्कालीन सरकारको नेतृत्व र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृहमन्त्रीलाई डाक्नेछौं’ जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले भने, ‘उहाँहरूलाई बयानका लागि आयोगले पत्राचार गरेरै बोलाउनेछ ।’