९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार

source NNB २०८२ पुस ६ गते , आइतबार
0
Shares
152
Views
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई अनियमितता गरेको आरोपमा नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेताले दुर्व्यवहार गरेका छन्। 

आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका अखिल (क्रान्तिकारी) का विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेका हुन्। 

दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले दुर्व्यवहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए।

उपकुलपति नेपालमाथि भएको दुर्व्यवहारपछि जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठ सहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली बेलझुण्डीस्थित उपकुलपतिको कार्यकक्षमा पुगेको थियो। अहिले नेपालमाथि दुर्व्यवहार गर्नेहरूको खोजी बेलझुण्डी आसपासमा प्रहरी परिचालन गरिएको छ। 

बेलझुण्डी विश्वविद्यालय परिसरमै प्रहरी चौकी छ। तर, मोसो दल्नेहरू उपकुलपतिको क्वाटरमै पुगेर मोसो दलेका थिए। 

घटनाको जिम्मा अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन्।

विज्ञप्ति उपकुलपति नेपालमाथि विभिन्न ८ बुँदामा दोषारोपन गरिएको छ।

बुँदा नम्बर १ मा विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिष्टार माधव अधिकारीबाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख छ। 

उपकुलपति नेपालमाथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ती तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो। 

त्यो विषयमा  राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो। जसमा विश्वविद्यालयमा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन र आवश्यक कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फाइल पठाइएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज