Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा नेपालमा प्रवेश
काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।
बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरी उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपालमा जोडिएको बताए ।
‘मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,’ उनले भने ।