Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
आगलागीमा परेर एक जनाको मृत्यु
काठमाडौँ, २८ मंसिर । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।
आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरीले जनाएको छ ।