Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
एसीसी यू-१९ एसिया कप: श्रीलंकाद्वारा नेपाल पराजित
दुबई । एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। शनिबार दुबईमा भएको समूहको पहिलो खेलमा नेपालले श्रीलंकासँग ८ विकेटको हार ब्यहोरेको हो।
नेपालले दिएको ८३ रनको लक्ष्य श्रीलंकाले २ विकेटको क्षतिमा १४.५ ओभरमै पूरा गर्यो। उसका लागि ओपनर दिमन्था महाभिथानाले ३९ रन र कभिजा गभागेले नटआउट २४ रन बनाए।
त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा ८२ रन जोड्दा सबै विकेट गुमायो।
नेपालका लागि सिब्रिन श्रेष्ठले सबैभन्दा बढी १८ रन बनाए। आठ ब्याटरले त दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा श्रीलंकाका सेनेभिरत्नले ५ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दा २५ रन मात्र दिए।
समूह ‘बी’ मा अब नेपालले सोमबार बंगलादेश र बुधबार अफगानिस्तानसँग खेल्नेछ।