९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

क्षतिग्रस्त संसद् भवनको पूर्वराष्ट्रपति भण्डारीद्वारा अवलोकन

source NNB २०८२ मंसिर २५ गते , बिहीबार
0
Shares
139
Views
क्षतिग्रस्त संसद् भवनको पूर्वराष्ट्रपति भण्डारीद्वारा अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन् ।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् ।

उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट अवलोकन गरेकी थिइन् ।

संसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

जेनजी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद् भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन् । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज