Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
१३ वर्षीयाबालिकामाथि बलात्कार घटनामा संलग्न रहेको आरोपमा एमाले नेता साह समातिए
जनकपुरधाम । १३ वर्षीया बालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर भएको बलात्कार घटनामा संलग्न रहेको आरोपमा जनकपुरधामका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्।
२०७९ को स्थानीय निर्वाचनमा जनकपुरधामका मेयरको उम्मेदवार बनेर पराजित भएका साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्।
उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र उद्योग वाणिज्य महासंघ मधेशका संस्थापक अध्यक्ष समेत हुन्।
उनलाई भारत बिहारको सीतामढीबाट पक्राउ गरेर मंगलबार धनुषा प्रहरीमा उपस्थित गराइएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेशबहादुर बमले जानकारी दिए। उनको भाइ पर्ने मनोज साह यसअघि नै पक्राउ परिसकेका छन् । अन्य दुई जनाको खोजी जारी रहेको छ ।
एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखको उम्मेदवार थिए।
प्रवक्ता डिएसपी बमले यो घटनामा यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए।