९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

देउवा डडेलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने

source NNB २०८२ मंसिर २३ गते , मंगलबार
1
Shares
140
Views
देउवा डडेलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने

काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।

२०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र उम्मेदवार बन्नेको नाम सिफारिस गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाएको परिपत्रमा दुई पुरुष र एक महिना एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गर्न भनिएको छ ।

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले कांग्रेस नेता कार्यकर्ता र नागरिकको आकाङ्क्षा देउवा यो पटक निर्वाचन लडोस् भन्ने रहेको र त्यो जानकारी आफूहरूले उनलाई भेटेर गराएको बताए । ‘डडेलधुराका पार्टीका साथीहरू र पब्लिकको आकाङ्क्षा सभापतिज्यू एक पटक निर्वाचन लडिदेओस् भन्ने छ,’ जिल्ला सभापति साउदले रातोपाटीसँग भने, ‘त्यो हामीले सभापतिज्यूलाई भेटेर जानकारी गराएका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

उम्मेदवार सिफारिस गर्न मंसिर २४ गते पार्टीको जिल्ला कार्यसमिति बैठक बस्ने र सभापति देउवाको नाम सिफारिस गर्ने तयारीमा आफूहरू रहेको साउदले बताए । ‘उम्मेदवार सिफारिस गर्न पर्सि जिल्ला कार्यसमिति बैठक बस्छौँ, उहाँको नाम सिफारिस गर्ने तयारी छ,’ साउदले भने ।

यता देउवाले जिल्लावासी र पार्टीका नेता कार्यकर्ताको माग अन्तिम पटक निर्वाचन लडोस् भन्ने रहेकाले अन्तिम पटक लड्ने तयारीमा रहेको आफूलाई भेट्न जाने नेताहरूलाई बताउने गरेका छन् ।

पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्ट मंगलबार बिहान देउवालाई भेट्न गएका थिए । भेटमा आफूहरूले उम्मेदवार बन्नेबारे जिज्ञासा राख्दा अन्तिम पटकका लागि लड्ने तयारी गरेको बताएको भट्टले जानकारी दिए ।

देउवा डडेलधुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा निर्वाचित भएका छन् । उनी २०४६ सालको जनआन्दोलन सफल भएपछि अहिलेसम्म भएका सबै निर्वाचन लड्ने र अपराजित रहने एक मात्र नेता हुन् । ७ पटक प्रतिस्पर्धा गरेर निर्वाचित देउवा यो निर्वाचनमा आठौँ पटक भिड्ने तयारी गरेका हुन् ।

देउवा २०४८ सालमा गृहमन्त्री र ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज