Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
निर्वाचन तयारी तीव्र : आयोग र दलबीच आचारसंहितामाथि गहन छलफल
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरूसँग आचारसंहिताबारे विस्तृत परामर्श प्रारम्भ गरेको छ।
काठमाडौं, २७ कात्तिक — निर्वाचन आयोगले आगामी निर्वाचन तयारीलाई सुदृढ बनाउन राजनीतिक दलहरूसँग आजदेखि औपचारिक छलफल सुरू गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा भएको बैठकमा आचारसंहिता, उम्मेदवारका व्यवहारिक दायित्व, र संवैधानिक निकायहरूको भूमिकाबारे विषयगत विमर्श भएको हो।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, जनमत, तमलोपा लगायतका प्रमुख दलका प्रतिनिधिहरू सहभागी छन्।
आयोगले यसपटकको आचारसंहितामा नयाँ प्रावधानसमेत समावेश गरेको छ। अब राजनीतिक दल र उम्मेदवारले आफ्नो चुनावी घोषणा–पत्र आयोगमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ। साथै, हरेक वर्ष उक्त घोषणापत्र कार्यान्वयनको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
आयोगका अनुसार छलफलपछि दलहरूको सुझावलाई समेटी अन्तिम रूप दिइनेछ र त्यसपछि मात्र आचारसंहिता लागू गरिनेछ।