९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान

source NNB २०८२ कार्तिक १३ गते , बिहीबार
1
Shares
434
Views
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान

७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
२५ सयभन्दा बढी घाइते, अझै १३ जनाको उपचार जारी — अस्पतालहरूबाट अन्तिम खर्च विवरण आउन बाँकी

काठमाडौँ — २३ भदौमा भएको जेन-जी आन्दोलन र त्यसको भोलिपल्ट भएको प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाए भने २५ सय ७१ जना घाइते भएका छन्। तीमध्ये अहिले पनि देशभरका विभिन्न अस्पतालमा १३ जना उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइतेमध्ये ११ जना काठमाडौंका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलनका क्रममा मृत्यु हुनेमध्ये ५३ जनाका परिवारलाई सरकारले प्रतिव्यक्ति १५ लाखका दरले राहत वितरण गरिसकेको छ। यसअनुसार ७ करोड ९५ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भइसकेको छ।

त्यसैगरी घाइतेहरूको तत्काल उपचारमा समस्या नहोस् भनेर सरकारले प्रत्येक घाइतेलाई २० हजारका दरले सहयोग रकम प्रदान गरेको थियो। मन्त्रालयका अनुसार उपचारका क्रममा आएका २५ सय ७१ जना घाइतेहरूको भैपरी खर्चका लागि साढे ४८ लाख रुपैयाँ वितरण भइसकेको छ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचारमा कुल खर्च एक अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। तर, उपचार जारी रहेकाले अस्पतालहरूले अन्तिम बिल पठाउन बाँकी छ। बुढाथोकीले भने, “सबैभन्दा बढी घाइते उपचार भएका ठूला अस्पतालहरूमा अहिले पनि केही बिरामी उपचारमै छन्, त्यसैले एकमुष्ट खर्च विवरण आउन बाँकी छ।”

उनका अनुसार केही डिस्चार्ज भइसकेका घाइतेहरू पनि थप उपचारका लागि पुनः अस्पताल भर्ना भइरहेकाले अन्तिम खर्च विवरण टुंगिन समय लाग्नेछ। मन्त्रालयले गम्भीर घाइतेहरूको दीर्घ उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज