९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

काठमाडौँमा कर्फ्यु : जेनजीको आन्दोलन नियन्त्रण बाहिर

source NNB २०८२ भाद्र २३ गते , सोमबार
0
Shares
56
Views
काठमाडौँमा कर्फ्यु : जेनजीको आन्दोलन नियन्त्रण बाहिर

काठमाडौँ । सोमबार, २३ भदौ २०८२ मा देशभर फैलिएको जेनजीको आन्दोलनले राजधानीलाई नै अशान्त बनाएको छ। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशभर युवाहरू सडकमा उत्रिएका थिए।

राजधानी काठमाडौँमा माइतीघरमा भेला भएका जेनजी युवाहरू नयाँ बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा प्रहरीसँग झडपमा उत्रिएका थिए। उनीहरूले प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश मात्र गरेनन्, संसद भवन परिसरभित्र समेत घुस्न खोजेपछि स्थिति थप तनाबपूर्ण बनेको थियो। प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाएका छन्। उनका अनुसार संसद भवन र आसपासको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु लागू गरिएको हो।

 सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

जेनजी पुस्ताको यो आन्दोलनले राजधानीदेखि प्रदेशसम्म राज्य संरचना र नीतिनिर्माण तहमा पारदर्शिता, जवाफदेहीपन र अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर प्रश्न उठाएको देखिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज